काँग्रेस विवाद : निर्वाचन आयोगमा उच्चस्तरीय छलफल

काँग्रेस विवाद : निर्वाचन आयोगमा उच्चस्तरीय छलफल

कांग्रेसभित्र देखिएको विवादलाई लिएर निर्वाचन आयोगमा उच्चस्तरीय छलफल जारी छ । आयोग स्रोतका अनुसार सकेसम्म आजै निष्कर्ष निकाल्ने तयारीका साथ बैठक भइरहेको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहले पार्टी विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको छ भने शेरबहादुर देउवा समूहले त्यसको विरोधमा छुट्टै निवेदन दर्ता गराएको छ ।

यस विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा र जानकी तुलाधर तथा आयोगका सचिव सहभागी भएर छलफल गरिरहेका छन् । कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरू समेत बैठकमा संलग्न छन् ।

आयोगको निर्णय कुर्दै कांग्रेसका दुवै पक्षका नेता र कार्यकर्ताहरू निर्वाचन आयोगको कार्यालयअगाडि भेला भई सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।